सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शिक्षकहरुकै कारण सामुदायिक बिद्यालयको गुणस्तर खस्कियोः नेता पाण्डे

शिक्षकहरुकै कारण सामुदायिक बिद्यालयको गुणस्तर खस्कियोः नेता पाण्डे

रत्ननगर । पूर्वअर्थमन्त्री एबम् नेकपाका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले शिक्षकहरुले बिद्याथीहरुलाई गुणस्तरीय शिक्षा दिन आग्रह गरेका छन् । रत्ननगर आधारभूत विद्यालय माधवपुरको स्वर्ण महोत्सव अन्तर्गत स्वर्ण स्तम्भ अनाबरण कार्यक्रमलाइै सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले राम्ररी नपढाउने सामुदायिक बिद्यालयका शिक्षकलाई जागिरबाट निकाल्ने सम्मको प्राबधान ल्याउन जरुरी रहेको बताए । शिक्षकहरु पेशाप्रति जिम्मेवार नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसकेको उनको ठहर छ ।

सामुदायिक विद्यालयकाका शिक्षकहरुलाई जागिर जाला भन्ने डर छैन उनले भने डर नभएको ठाउँमा राम्रो काम पनि हुदैन । सरकारले शिक्षकहरुलाई आवश्यक तलव दिएको भएपनि शिक्षकहरुले जिम्मेवार भएर नपढाएको बताए । नेता पाण्डेले सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार र उपकरण हुँदाहुँदै पनि शिक्षककै कारण गुणस्तर सुधार हुन नसकेको बताए । कार्यक्रममा स्वर्ण स्तम्भको अनावरण,सरस्वती मन्दिरको उद्घाटन र स्वर्ण स्मारिकाको विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वालकृष्ण ढकालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष रमेश लामिछानेको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल,रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,वडा अध्यक्ष हुमनाथ लामिछाने,जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदी,नगर शिक्षा अधिकृत राजेन्द्र बराल,शिक्षक अभिभावक संघका अध्यक्ष विजय खनाल,छात्रा सचना धमला लगायतले सम्बोधन गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend