मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत संसदमै घन्कियो

पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत संसदमै घन्कियो

काठमाडौ । यति खेर चर्चित लोक गायक पशुपति शर्मा चर्चामा छन् । उनले केही दिन अघि मात्रै सार्वजनिक गरेको लुट्न सके लुट कान्छा नामक बोलको गीत सार्वजनिक गरे संगै यो गीतको बारेमा आआप्mनै तरिकाले टिकाटिप्णी भईरहेका छन् । सामाजिक संजाल देखी बिभिन्न मिडियाहरुमा समेत यही गीतको बारेमा बहस भएको देख्न सकिन्छ ।

पशुपति शर्मा कसैला मन पर्ला वा नर्पला तर उनी यस देशका गहना हुन् । उनले गाएको गीतको बारे राजनितीकदलहरुले राजनिती गर्न खोजिरहेको देखिएको छ । गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा‘’ बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी नै चल्यो ।

सोमबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरे । सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिए ।

उनीभन्दा पछि बोलेका नेकपा सांसद झपट रावलले गायक शर्माले कांग्रेसको पक्षपोषण गर्न यो गीत गाएको दाबी गरे । राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गीत हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend