सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनअपेक्षा अनुसार सरकारले काम गर्ने मन्त्री यादवको दाबी

जनअपेक्षा अनुसार सरकारले काम गर्ने मन्त्री यादवको दाबी

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जनताको अपेक्षा अनुसार आगामी दिनमा काम गरेर देखाउने बताएका छन् । राजधानीमा खिचापोखरी न्यूरोड व्यापार संघको ‘छैटाँै अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनताको अपेक्षामा सरकार गम्भीर भएर लागेको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । फुटपाथ मुक्त शहर निर्माण गर्न महानगरपालिका लागेको उनको भनाइ थियो । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend