सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस्तो आयो मोहन वैद्यको जनयुद्ध दिवसको अवसरमा प्रेस विज्ञप्ति

यस्तो आयो मोहन वैद्यको जनयुद्ध दिवसको अवसरमा प्रेस विज्ञप्ति

काठमाडौ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको बताएका छन् । २४ औं जनयुद्ध दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले ‘नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् । जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend