काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगर स्तरीय सहकारी समन्वय समितिको अध्यक्षमा सुमन नेपाल निर्वाचित भएका छन् । मण्डन देउपुर नगर भित्र रहेका बहुउद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी, कृषि सहकारी, महिला सहकारी, पशुविमा सहकारी, दुग्ध उत्पादक सहकारी, पर्यटन सहकारीहरुको भेलाले नेपालको संयोजकत्वमा १५ सदस्यीय सहकारी समन्वय समिति गठन भएको हो ।
समितिको संयोजकमा सुमन नेपाल, सह–संयोजकमा रामचन्द्र श्रेष्ठ, सचिव अम्बिका ठकुरी सदस्यहरुमा राजन प्रसाद पराजुली, सुभद्रा नेपाल आचार्य, गणेश प्रसाद भट्टराई, ईश्वरी तामाङ लामा, उद्धव ढकाल, जोग बहादुर तामाङ, सरीता ढकाल, सरस्वती विक, अर्जुन बहादुर आचार्य, हिरा विक, रामकृष्ण तिमल्सिना र लक्ष्मी बजगाई भट्टराई निर्वा्चित भएका छन् ।
सो अवसरमा मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख निर्मला शाहि, नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारी, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली, सचिव दिलिप शर्मा तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक प्रसाद पौडेल, मण्डनदेउपुर नगरपालिका कृषि तथा सहकारी विभाग प्रमुख वडा नं. ७ का अध्यक्ष नारायण प्रसाद लम्साल नगरका प्रशासन, सामाजिक विकास तथा सहकारी अधिकृत सुजन व्लोनले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जिल्ला सहकारी संघ काभ्रेका संचालक ठाकुर नाथ अधिकारीले गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend