काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले आफनो देश भ्रमणको निम्ता दिएको बिषय अहिले चर्चामा छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डीबेरीले प्रचण्डलाई भेटेर भ्रमणको निम्तो दिएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले खुलासा गरे । साथै पौडेलले नेपाल–अमेरिका सम्बन्धमा कुनै चिसोपना नरहेको समेत बताए ।
‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइसकेको छ । राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’ मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’ रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा गरे ।
उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन ।’ नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend