सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गौरीशंकर इंगलिस बोर्डिंगका प्रमुख प्रशासक नरहरि घिमिरे सम्मानित

गौरीशंकर इंगलिस बोर्डिंगका प्रमुख प्रशासक नरहरि घिमिरे सम्मानित

ललितपुर । ललितपुरको बालकुमारीमा रहेको गौरीशंकर इंगलिस बोर्डिंग सेकेण्डरी स्कुलको वार्षिक अभिभावक दिवस एक कार्यक्रम बिच सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्य तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष जर्नादन नेपालको सभापतित्वमा सम्पन्न भयो । सो कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी, कमचारीहरुलाई सम्मान समेत गरियो ।

यसैगरि विद्यालयका प्रमुख प्रशासक नरहरि घिमिरेलाई विद्यालयका शिक्षक तथा अभिभावकहरुको तर्फबाट सम्मान गरिएको गरियो । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, विद्यालय सञ्चालक समितिका अध्यक्ष जर्नादन नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन सत्यालले प्रमुख प्रशासक घिमिरे तथा नगरप्रमुख श्रेष्ठ तथा अध्यक्ष नेपालले सगरमाथा आरोही पाण्डे र कराते खेलाडी थापालाई सम्मान गरेका थिए ।

सो विद्यालय हिलसाइड इन्जिनियरिंग कलेज कोटेश्वरको स्वामित्वमा सञ्चालित छ । समारोहमा विद्यालयका स्काउट शिक्षक तथा सगरमाथा आरोही प्रकाशराज पाण्डे, भारतको अमृतसरमा हालै सम्पन्न तेस्रो अन्तराष्ट्रिय सोतोकान कराँतेमा ६५ केजी तौल समूहमा स्वर्णपदक विजेता छात्रा स्मारिका थापालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लालकुमारी लामा विष्टले विद्यालयको शैक्षिक गतिविधिबारे प्रकाश पारेकी थिइन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend