रुपन्देही। भेनेजुएला प्रकरणबारे पार्टी भित्र र बाहिर बिभिन्न टिकाटिप्णी बाहिर आईरहेका छन् । नेकपामा अध्यक्ष प्रचण्डको भेनेजुएला वक्तव्यले ठुलै तरङ पैदा गरेको छ । तर यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले भेनेजुएला पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफट भएको खुलासा गरेका छन् ।
महासचिव पौडेलले योे प्रकरणले पार्टी भित्र कुनै विवाद नरहेको दावी गरे । यसलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नराख्ने उनको तर्क छ ।
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवम् दशौं अधिवेशनको रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन् । पौडेलले सरकारका काम कारवाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाइने पनि जानकारी दिए । शान्तिका नाममा धन्धा गर्न चाहनेहरुले पार्टी भित्र विवाद छ भनेर देखाउन खोजेको जिकिर गर्दै महासचिव पौडेलले अब त्यो संभव नभएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend