सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल व्यवस्थापन संघको अधिवेशन माघ २९ गते राजधानीमा हुने

नेपाल व्यवस्थापन संघको अधिवेशन माघ २९ गते राजधानीमा हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन तथा वार्षिक साधारण सभा माघ २९ गते हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी अधिवेशनको तयारीबारे जानकारी गराइएको हो । संघका महासचिव मोहनराज ओझाले म्यानमा व्यवस्थापक, प्रशासक, उद्योगी व्यवसायी एवम् विभिन्न क्षेत्रका पेशाविद्हरु आवद्ध रहको जानकारी दिँदै २०३७ सालमा स्थापना भएको संघले स्थापनाकाल देखि नै तालिम, अध्ययन अनुसन्धान, पूर्वबजेट छलफल, लागयतका आर्थिक क्रियाकलाप सँग सम्बन्धित विषयमा खोज छलफल तथा अनुसन्धान गर्दै आइरहको बताए ।

माघ २९ गते हुने अधिवेशन तीन चरणमा सम्पन्न हुने बताइएको छ । अधिबेशनको पहिलो चरणमा अर्थमन्त्री युवराज खतिवडाको सहभागितामा म्यानेजिङ इन्फ्रास्टक्चर डेभलपमेन्ट एण्ड इट्स फाइनान्सिङ विषयमा कार्यपत्र प्रस्तुति र छलफल गरिने छ ।कार्यपत्र आधारभूत विशेषज्ञहरु कमलराज पाण्डे, सरोजकुमार प्रधान र ज्योतिप्रसाद लोहनी लगायतले प्रस्तुत गरि त्यसमा छलफल हुनेछ । यस्तै दोस्रो सत्रमा संघको ३८ औ बार्षिक साधारणसभा हुनेछ भने तेस्रो सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा म्यानेजमेन्ट अवार्ड वितरण हुने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend