काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित विधेयक प्रमाणीकरण गरेकी हुन । विधेयक प्रमाणीकरण भएसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप भएको छ । २७ माघ २०७१ मा गठन भएका यी आयोगहरूका म्याद शनिबार सकिदै थियो । आयोगबाट सम्पादन हुनुपर्ने काम बाँकी रहेको भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गरेर दुबै आयोगको म्याद थप गरेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend