काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका छन् । सत्य निरुपण र बेपत्ता पारिएकाहरुको छानबिन आयोगको म्याद आगामी २६ गते सकिँदैछ । म्याद सकिनु तीन दिनअघि उनीहरुले राजीनामा दिएका हुन् । संक्रमणकालीन न्यायका लागि बनेका आयोगहरुको पटकपटक म्याद थपिँदै आएको छ । आवश्यक कानुन निर्माण नभएको अवस्थामा द्वन्द्वकालीन मुद्दामा न्याय दिन नसकिने भन्दै उनीहरुले राजीनामा दिएका हुन् । माघ २७ देखि लागू हुनेगरी राजीनामा आयोगमा पेस गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend