सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतीय श्रमिकलाई श्रम स्वीकृतिको दायरामा ल्याउन निर्देशन

भारतीय श्रमिकलाई श्रम स्वीकृतिको दायरामा ल्याउन निर्देशन

काठमाडौं । कानुनी रुपमा कुनै देशको नागरिक अर्को देशमा काम गर्नको लागी श्रम स्वीकृति लिनु पर्ने हुन्छ । तर नेपालमा बाहिरी मुलुकबाट काम गर्न आएका कामदारले स्कीकृति नलिई बर्षै देखी काम गरिरहेको पाईन्छ । हाम्रो देशमा बाहिरी मुलुबाट आएर कतिले काम गरिरहेका छन् भन्ने एकिन डाटा समेत नेपाल सरकार संग छैन् ।तर यसै बिच सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन लिखित निर्देशन दिएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन भनेको हो । नेपालमा निर्माण लगायत अन्य क्षेत्रमा समेत भारतीय नागरिकले काम गरिरहेका छन् ।

विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend