सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस कारण भयो नेकपाको चौथो कार्यदल पनि असफल

यस कारण भयो नेकपाको चौथो कार्यदल पनि असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले पार्टी एकीकरणमा देखिएका समस्या समाधान गर्ने सबैको आस थियो ।संगठनात्मक एकीकरण टुंग्याउन गठन गरेको चौथो कार्यदलले पनि कार्यादेश पूरा गर्न नसकेपछि सचिवालयले नै एकता प्रक्रिया टुंगो लगाउने बताईएको छ । हिजो बसेको बैंठकले केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी एकताको बारेमा अध्ययन गर्न गठित नेकपाको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने बताएको थियो ।

गत मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म झन्डै १२ दिन चलेको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया टुंग्याउन रामबहादुर थापा ‘बादल’ नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । पुस २६ गतेभित्रका एकता प्रक्रिया टुंग्याउनेगरी प्रस्ताव तयार पार्न कार्यादेश दिएको भए पनि कार्यदलले विधान परिमार्जनबाहेक कुनै काम टुंगो लगाउन सकेन ।

पार्टी एकतालाई टुंगोमा पुर्याउन स्थायी कमिटी कार्यदललाई म्यान्डेट दिएको थियो । १२ दिन चलेको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी सचिवालयलाई कार्यकारी बनाउन नहुने र प्रस्ताव तयार पार्ने कमिटीका रूपमा विकास गरिनुपर्ने राय राखेका थिए । सदस्यहरूले सचिवालयकै भूमिकामाथि प्रश्न उठाएपछि स्थायी कमिटीले कार्यदल बनाएर सदस्यहरूको भावनाको सुनुवाइसमेत गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend