काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वमन्त्री जनार्दन शर्माले बर्तमान सरकारको कामकारबाही बारे असन्तुष्ट जनाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको बताए ।
‘देश आज उल्टो दिशामा गइरहेको उनको भनाई छ । राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको उनको तर्क छ । एकीकरणमा आफूले भूमिका खेलेको पार्टीले सरकारले चलाइरहेकाले राम्रो कुरा होला भन्ने सोचेर अहिलेसम्म केही नबोली बसेको शर्माले बताए । एकताअघिसम्म भूमिका भए पनि नयाँ नेकपामा कुराहरू राख्न अहिले आफ्नो पनि पहुँच नभएको उनको गुनासो छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीको कामसम्बन्धी प्रतिनिधी सभामा दर्ता विधेयकले प्रमुख जिल्ला अधिकारीमातहत प्रदेश प्रहरी रहने व्यवस्था गरेको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) देखि माथिका अधिकृतको सरूवाबढुवा पनि केन्द्रले नै गर्नेछ । प्रदेशलाई प्रहरी निरीक्षकसम्मको भर्ना र सरूवाबढुवामा सीमित गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend