सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा वषैनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने बिज्ञहरुको दाबी

नेपालमा वषैनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने बिज्ञहरुको दाबी

काठमाडौ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाः राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताए । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उनले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने उनको भनाई छ ।

नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको क्यान्सर रोग विशेषज्ञहरुको भनाई छ । अहिले नेपालमा प्रमुख क्यान्सरको रुपमा फोक्सो देखिएको छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ ।

त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडी०मा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो ।नेपालमा वषैनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ ।

तर ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले क्यान्सरलाई रोक्न जनचेतना बढाउनु पर्नेमा जोड दिए । अहिले पनि चेतनाको अभाव र गरिवीका कारण ९० प्रतिशत क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको उनको भनाई छ ।नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सर रोगी छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ ।

नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मृगौला रोग, मधूमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ । विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ । तर यसका लागि समाजका सबै वर्गलाई परिचालन गरी क्यान्सर नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आवश्यक छ ।’

श्रेष्ठले मानव शरिरमा करोडौं साना साना कोषिका हुने बताए ।।तीमध्ये कतिपय कोष दैनिक मर्ने र नयाँ बन्ने गर्दछन् । यसरी प्रत्येक दिन बन्ने नयाँ कोषिका मानिसको जीनद्वारा नियन्त्रित हुन्छन् । तर प्रतिकूल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य हुन पुग्छ । यस्ता कोषिका बिस्तारै साना साना गिर्खा ९ट्यूमर० को रुपमा परिणत हुन्छन् । यस्ता गिर्खा दुई प्रकारका हुन्छन् ।

शरीरलाई हानी गर्ने र नगर्ने । शरिरलाई हानी पु¥याउने गिर्खा एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछन् । यिनै शरीरलाई हानी गर्ने गिर्खालाई नै क्यान्सर भनिन्छ ।विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ ।

यसका साथै विकिरण, ब्यवसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ ।क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, धकाई बढी लाग्नु , लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन् ।

नेपाल अवुूद रोग निवारण सस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले धूम्रपान त्याग्ने, जीवनशैली परिवर्तन, सन्तुलित खानपान र शारिरीक ब्यायाम भएमा क्यान्सरबाट बच्न सकिने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend