काठमाडौं । नेपाली क्रिकेट टोलीले जित हासिल गरे संगै सामाजिक संजाल देखी सबैतिर बधाईको ओईरो लागेको छ । नेपालका बिभिन्न राजनितीक दलका नेताहरुले समेत बिजेता टिमलाई बधाई दिईरहेका छन् । यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नेपाली टोलीले युएईमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेसँगै बधाई दिएका हुन् । अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिस्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गरेका छन् । उनले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend