सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक माघ २० गते बस्ने भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए । सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याउनुभएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गरे ।

राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा काङ्ग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भने । निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उनले प्रश्न गरे ।
संवैधानिक परिषद्ले विभिन्न आयोगका प्रमुखमा सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

सभामुख महराले चिकित्सा शिक्षा विधेयक विधिअनुसार नै पारित गरिएको उल्लेख गर्नुहुँदै बस्न काङ्ग्रेस सांसदहरुलाई आग्रह गरेका थिए । सभामुख महराले पटकपटक काङ्ग्रेस सांसदहरुलाई आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि नबसी उठेर विरोध जनाएपछि सभामुख महराले माघ २० गते आइतबार ३ बजेसम्मका लागि बैठक स्थगन गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend