सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

करको दर भन्दा दायरा बढाउनुपर्छः अध्यक्ष मल्ल

करको दर भन्दा दायरा बढाउनुपर्छः अध्यक्ष मल्ल

खबरब्रेकिंग,काठमाडौं, फागुन १७। चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एकद्वार प्रणालीबाट नियमनको व्यवस्था गर्नुपर्ने र कुनै कालो धन छ भने त्यसलाई छनविन गर्नुपर्नेमा जोड दिएका छन । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जोड दिएका हुन ।

सानो पसलमा भए पनि बिल लिने दिने व्यवस्था गर्नुपर्दछ । आलु प्याजमा पनि भ्याट लगाउने कुरा आयो, आलु प्याज नेपालमा फलेको हो कि विदेशमा कसरी थाहा पाउने ? यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ मल्लले भने ।
करको दर भन्दा पनि दायरा बढाउनुपर्ने उनले बताए । मल्लले एउटै विषयलाई राजस्व विभागले पनि हेर्ने, सम्पत्ति शुद्धीकरणले पनि हेर्ने र समयमा निर्णय नहुने अवस्था रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए ।

बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राजस्व न्यायाधिकरण आन्तरिक राजस्व विभागको क्षेत्राधिकार हुनुपर्ने बताए । कार्यक्षेत्र प्रस्ट नहुँदा उद्योगीहरूले समस्या भोग्नुपरेको उनको भनाइ छ ।

व्यक्तिगत रिसिविका कारण उजुरी हाल्ने चलन भएकोले बेनामे उजुरी हाल्ने प्रणाली रोक्न आवश्यक रहेको उनको भनाइ छ । उजुरी गलत भए उजुरीकर्तालाई पनि कारबाही हुनुपर्नेमा उनले जोड दिए ।

बाटोमा पैसा बोकेर हिँडेपनि हुन्डीको हो कि भनेर शङ्का गर्ने गरिएको भन्दै उनले हुन्डी के हो त्यसको परिभाषा गर्न आवश्यक रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend