बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पाटन संयुक्त क्याम्पसले एक सूचना जारी गरी माग्यो २६ शिक्षक

पाटन संयुक्त क्याम्पसले एक सूचना जारी गरी माग्यो २६ शिक्षक

फाइल तस्बिर

खबरब्रेकिंग,काठमाडौं, फागुन १३। पाटन संयुक्त क्याम्पसले आज एक सूचना जारी गरी २६ आंशिक शिक्षक माग गरेको छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी क्याम्पसले व्यवस्थापन, ग्रामीण विकास, भौतिक शास्त्र, वातावरण विज्ञान, गणित, प्राणीशास्त्रलगायत विषयमा शिक्षक माग गरेको हो ।

सबैभन्दा धेरै व्यवस्थापन र ग्रामीण विकासमा ४÷४ तथा भौतिक शास्त्रमा तीन जना आंशिक शिक्षक माग गरिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको गत फागुन २० गतेको निर्णययानुसार कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पूरा गर्नका लागि १३ विषयमा आंशिक शिक्षक माग गरिएको क्याम्पसले जनाएको छ । आवेदन फागुन १३ गतेदेखि २७ गतेसम्म दिन सकिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend