सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो भिडिओ केवाइसी सेवा

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो भिडिओ केवाइसी सेवा

खबरब्रेकिंग, काठमाडौँ, फागुन १० । माछापुच्छ्रे बैंकले भिडिओ केवाइसी सेवा सुरू गरेको छ। नयाँ ग्राहकहरूले अनलाइनमार्फत् खाता खोली भिडिओ केवाइसीमार्फत् आफ्नो खाता सञ्चालन गर्न सक्नेछन्।

यस भिडिओ केवाइसीमार्फत् खाता खोल्दा ग्राहकहरू केवाइसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनुपर्ने छैन। यो सेवाबाट देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडिओ केवाइसी सेवामार्फत् आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकको भनाइ छ।

साथै यो सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडिओमार्फत् गर्न सकिने छ। हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडिओ केवाइसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नु पर्ने झन्झट हटेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend