भक्तपुर । नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघको आयोजनामा सुर्यविनायक डोजोको संयोजकत्वमा मिति २०८० साल फागुण ४ र ५ गते २ दिन सम्म संचालनमा रहेको “आठौं राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराते प्रतियोगिता तथा सुर्यविनायक मेयर कप–२०८०’ सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

प्रतियोगिताको समुद्घाटन कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पानसमा दिप प्रज्वलन गर्नुका साथै निणार्यक मण्डलका मुख्य जुरी शिहान अशोक कुमार श्रेष्ठ तथा शिहान प्रेमनाथ श्रेष्ठलाई प्रतियोगिता संचालनका लागि प्रतियोगिता सामाग्री हस्तान्तरण गरी कार्यक्रमको समुदघाटन गरिएको थियो ।
सो अवसरमा मेयर थापाले प्रतियोगितामा हारजित हुने स्वभाविक भएको भन्दै अनुशासन खेलको प्रमुख आधार भएको बताए । स्वास्थ्यको लागि खेलकुदको महत्वपूर्ण भूमिका भएको उनले बताए ।
उक्त प्रतियोगितामा विशेष अतिथी विश्व क्योकुशिन काई करांते महासंघका उपाअध्यक्ष तथा संघका केन्द्रिय अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै , वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशी, वडा नं ६ का वडा अध्यक्ष ईश्वर खडका, वडा नं ७ का वडा वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत र वडा नं १० का वडा अध्यक्ष शिवराम राउतका साथै भक्तपु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थाप ज्यूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त राष्ट्रिय प्रतियोगिता विभिन्न ३५के.जी.,४० के.जी., ४५ के.जी., ५० के.जी., ५५ के.जी. र खुल्ला तौल समुहमा महिला तथा पूरुषको छुट्टा छुट्टै गरी ११ समुहमा विभाजन गरी नेपाल भरीबाट जम्मा १८० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
दुई दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा पु्रुष खुल्ला तौल समूहमा नेपाल आर्मीका शनि सिंह , ५५ के.जी. तौल समूहमा नेपाली सेनाकै भुपेन्द्र वली, ५० के.जी.मा प्रिन्स देउला, ४५ के.जी.मा प्रवेश गुरुङ, ४० के.जीमा आकाश नेपाली, ३५ के.जीमा ईसान सापकोटा तथा महिला खुल्ला तौल समूहमा नेपाली सेनाका अनुपा नेपाली, ५० के.जी.मा सपना आले, ४५ के.जी.मा पल्पसा परियार, ४० के.जीमा अस्मिता नेपाली, ३५ के.जीमा जानकी रोकायाद्धारा प्रतियोगिताको स्वर्ण पदक हासिल गरेका थिए।
त्यसैगरी खुल्ला तौल समूहमा अमित महर्जन, ५५ के.जी.मा सुनिल कुंवर, ५० के.जी.मा सुजन सापकोटा, ४५ के.जी.मा समर कुमार माझी, ४० के.जीमा सन्तोष मर्दनिया, ३५ के.जीमा अमन कुमार गुप्ता तथा महिला खुल्ला तौल समूहमा प्रमिला बुमी, ५० के.जी.मा सृष्टि तामाङ, ४५ के.जी.मा सृष्टि तामाङ, ४० के.जीमा सानु तामाड, ३५ के.जीमा उजेली रावलद्धारा रजत पदक हासिल गरेका थिए ।
त्यसैगरी खुल्ला पुरुष तौल समूहमा नेपाली सेनाका विकास गुरुङ तथा प्रशान्त मगर, ५५ के.जी. तौल समूहमा आकाश तामाङ तथा बालकृष्ण ठाकुर, ५० के.जी.मा पासाङ तामाड तथा किशोर तामाङ, ४५ के.जी.मा धर्मेन्द्र शर्मा तथा कृष्ण विष्ट, ४० के.जीमा अंकित आलेमगर तथा साजन महर्जन, ३५ के.जीमा असिम बोगटी तथा सिजन तामाङ र महिला खुल्ला तौल समूहमा नेपाली सेनाका अप्सरा कुमाल तथा अर्पना तामाङ, ५० के.जी.मा कृष्टि तामाङ तथा नन्दिका राई, ४५ के.जी.मा आयुषा तामाङ तथा सपना तामा, ४० के.जीमा अनुशा चौधरी तथा कमला वानिया, ३५ के.जीमा सबिना बुढा तथा रुपा नेपालीद्धारा कास्य पदक हासिल गरेका थिए ।
४ स्वर्ण, १ रजत तथा ३ कास्य पदक हासिल गरी नेपाली सेना टिम च्याम्पियन भएको सो राष्ट्रिय प्रतियोगिताको निर्णायक मण्डलको मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, शिहान प्रेमनाथ श्रेष्ठ, मुख्य निर्णायकहरुमा प्रविण बस्नेत, राजकृष्ण श्रेष्ठ, हेराकाजी देशार, बद्रि थापामगर तथा सहायक निर्णायकहरुमा संन्तोष कुमार गुप्ता, राजेन्द्र थापा, बुद्ध तामाङ, राजकुमार बल, जयराम थिंग, श्याम तामाङ, समिर महर्जन, चोप बहादुर बुढाथोकी, सुनिल नगरकोटी, छविलाल खडका, सुजन श्रेष्ठ, रमेश दनुवार तथा मान बहादुर सिदाली तथा कार्यक्रम संयोजकमा हर्क बहादुर लामा रहेका थिए।
समापन समारोहमा प्रमुख अतिथी सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, माननिय प्रदेश सांसद किरण थापा, केन्द्रिय संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठ, ने.क.पा.एमाले जिल्ला अध्यक्ष बचन देउजा, वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशी, वडा नं ६ का वडा अध्यक्ष ईश्वर खडका, वडा नं ७ का वडा वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत र वडा नं १० का वडा अध्यक्ष शिवराम राउतका साथै भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend