काठमाडौं । पूर्व प्रधानन्यायधीश तथा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानले प्रत्येक नागरिकले गुणस्तरीय वस्तु र सेवा पाउनुलाई मौलिक अधिकारको रूपमा उल्लेख गरेकाले उपभोक्ताका ति हकको सुनिश्चितता गर्न राज्य , संस्था र नागरिक तहबाट क्रियाशिलता आवस्यक रहेको बताएका छन् । यसको लागि उपभोक्ता अदालतको स्थापना गरेर उपभोक्ता अधिकार र जनस्वास्थ्यको संरक्षणमा काम गर्नुपर्ने उनले बताएका छन् ।

यही शुक्रबार (४ फागुन ) विश्व उपभोक्ता महासंघको आठौं वार्षिकोत्सब समारोहमा रेग्मीले उक्त कुरा बताएका हुन् । उनले स्थानीय तहमा प्रत्येक पालिकाले आम उपभोक्ताको हित र त्यससम्बन्धी सचेतना दिने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए। नागरिक अधिकारका कुरा विद्यालय शिक्षामा समावेश गरिनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. रामशरण थपलियाले सबै व्यक्ति उपभोक्ता पनि भएकाले सेवा लिने र दिने कुरामा स्वअनुशासन र नैतिकताको अभ्यास गर्नुपर्ने बताए । “बजारमा पाइने वस्तु र सेवाको गुणस्तरीयता कायम गर्न उद्योगी , व्यवसायीहरु सामाजिक रूपमा उत्तरदायी र कानुनको पालना गर्नमा सजग हुनु आवश्यक छ” , उनले भने, “त्यसका लागि अनुगमन र नियमनका काम प्रभावकारी बनाउनुपर्छ”।
डा. थपलियाले सधैं राजनीतिक परिवर्तनको कुरा मात्रै हुने गरेको तर जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बताउँदै अब औद्योगिक र व्यवसायमैत्री वातावरण निर्माण गर्न राज्यले ध्यान दिनु आवश्यक रहेकोे बताए ।

कार्यक्रममा उपभोक्ता अधिकारका साथै विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो। सम्मान प्रदान गरिएका विशिष्ट व्यक्तिहरुमा-
१. डा. सुरज कर्माचार्य , नेपालका प्रथम अकुपचर विशेषज्ञ
२. डा. हर्ष रत्न शाक्य , संस्थापक अध्यक्ष , नेपाल पशुपंक्षी औषधी पैठारीकर्ता संघ
३. श्री शशि शर्मा पौडेल , कृषि उद्यमी
४. श्री नील बहादुर राई, समाजसेवी एवं स्वास्थ्य अनुसन्धानकर्ता
५. श्री युवराज घिमिरे , होटेल तथा पर्यटन व्यवसायी
६. ई. हिक्मत सिंह कठायत , वातावरण अभियन्ता
७. श्री नवराज धमला , व्यवसायी
८. डा. शुयस कार्की , डक्टर्स कल नेपाल प्रा लि
९. श्री महेन्द्र खनाल , समाजसेवी
१०. श्री रामप्यारा छिनाल , व्यवसायी
११. श्री सुर्य बहादुर मगर , संगीत व्यवसायी
१२. श्री दिपक कार्की , युवा उद्यमी
१३. श्री भीम कुमार सुनाम, व्यवसायी
१४. श्री राम प्रसाद गैरे , प्रधान सम्पादक , खबरब्रेकिङ्ग अनलाइन मिडिया
१५. श्री प्रज्वल थापा , संचारकर्मी
१६. नागरिक समाजको तर्फवाट महेशजंग कुँवर
१७. आयुरबेदको तर्फवाट राजन घिमिरे
कार्यक्रम विश्व उपभोक्ता महासंघका अध्यक्ष तारा कार्कीको सभापतित्वमा सम्पन्न भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend