बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एक्सपर्ट एजुकेसनको नयाँ शाखा ललितपुरको कुमारीपाटीमा संचालनमा

एक्सपर्ट एजुकेसनको नयाँ शाखा ललितपुरको कुमारीपाटीमा संचालनमा

विदेशमा उच्च शिक्षाको लागि शैक्षिक परामर्श दिने एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेज ( Expert Education and Visa Services ) ले ललितपुरको कुमारीपाटीमा नयाँ शाखाको शुभारम्भ गरेको छ। श्रीपंचमी तथा आफ्नो २०औं वार्षिकोत्सबको अवसरमा फागुन २ गते बुधबारदेखि नयाँ शाखा संचालनमा आएको हो।


नयाँ शाखाको नेपाल क्रिकेट संघका सचिव तथा संस्थाका ब्रान्ड एम्बेस्डर पारस खड्काले समुद्घाटन गरेका हुन । पारसले आँफू यो संस्थाको जोडिएको ६ वर्षको अवधिमा यहाँबाट विद्यार्थीलाई प्रदान गरिने शैक्षिक परामर्श लगायतका सेवाहरु गुणस्तरीय र विश्वसनीय भएको अनुभव गरेको बताए ।

समुद्घाटन कार्यक्रममा स्वतन्त्र शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले एक्स्पर्ट एजुकेसनले शैक्षिक परामर्शको क्षेत्रमा गुणस्तरीयताको नयाँ मानक स्थापना गरेर यो क्षेत्रलाई नै बलियो बनाएको उल्लेख गरे।

एक्स्पर्ट एजुकेसन तथा भिसा सर्भिसेजका संचालक देवीप्रसाद लम्सालले आफ्नो संस्थाले २० वर्षदेखि ईमानदारीता, निरन्तरता र विद्यार्थीको हितलाई मूल मन्त्र मानेर धर्मनिष्ठाका साथ सेवा दिईरहेको बताए ।

यस संस्थाले अस्ट्रेलिया, क्यानडा , बेलायत , न्युजिल्यान्ड र अमेरिकी विश्वविद्यालयमा भिसा तथा शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । त्यस्तै , IELTS र PTE कक्षाहरु पनि संचालित छन् । यसका विश्वभर ६४ र नेपालमा २१ शाखाहरु संचालनमा रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend