बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सिजी मोटर्सद्वारा विद्युतीय कार ‘आयोन वाइ’ को बिक्री शुभारम्भ

सिजी मोटर्सद्वारा विद्युतीय कार ‘आयोन वाइ’ को बिक्री शुभारम्भ

काठमाडौं । चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले चिनियाँ विद्युतीय कार ‘आयोन वाई’को बिक्री शुभारम्भ गरेका छन्  । उनले सिजि मोटर्सको थापाथलीस्थित शोरुममा   सोमबार ( १ फागुन ) एक कार्यक्रमबीच  चौधरी समूहको सिजी मोटर्सले भित्र्याएको यो अर्को अटोमोवाइल ब्राण्डको नेपालमा सार्वजनिक गरेका हुन् ।

यो चिनियाँ लोकप्रिय ब्राण्ड ‘आयोन’   ग्वान्जाओ अटोमोवाइल ग्रुप कर्पोरेसन (जीएसी)को विद्युतीय कार हो र यसको मूल्य नेपालमा ५४ लाख ९९ हजार रहेको छ। विभिन्न सात रंगमा उपलब्ध यो कार अन्य विद्युतीय सवारी साधनहरुको तुलनामा प्रतिस्पर्धी र उत्कृष्ट हुने भन्दै चौधरी समूहले चाँडै नै यसले नेपालमा बजार लिने विश्वास लिएको छ ।

वातावरण स्वच्छ राख्न सहयोग गर्ने यो कार थापाथलीस्थित शोरुमबाट खरीद गर्न सकिन्छ । निर्माण चौधरीले आयोन वाई किफायती मूल्य र उत्कृष्ट विशेषताको भएकाले उपभोक्ताको रोजाईमा पर्ने बताउँदै आकर्षक डिजाइन, पावरफुल ब्याट्री, अत्याधुनिक ब्याट्री प्रणाली, सहज प्रकृतिको कार भएकाले ग्राहकहरुले मन पराउने विश्वास लिए ।

आयोन वाई चार हजार ५३५ एमएमको लम्बाई, एक हजार ८७० एमएम चौडाई, एक हजार ६५० एमएम उचाई रहेको छ भने ह्विल बेस दुई हजार ७५० एमएम रहेको छ । पाँच सिट क्षमताको यो कारको रेन्ज ४९० किलोमिटर र ब्याट्री ६१.५ किलोवाट प्रतिआवर रहेको छ ।

सन् २०१७ मा स्थापना भएको जीएसीले छाटो समयमा नै आफ्ना उत्पादनलाई स्थापित गरी विश्व बजारमा पुर्याउन सफल भएको हो । आयोन ब्राण्डका गाडी सन् २०२३ मा मात्रै चीनमा २१ हजारभन्दा बढी बिक्री भएका थिए । यो बिक्री उक्त बर्षको चीनको विद्युतीय सवारी साधनको चौंथो धेरै बिक्री हो । विश्वको विद्युतीय सवारी साधनको बजारमा यो गाडीले ५.६२ प्रतिशत हिस्सा ओगटेको भन्दै सिजी मोटर्सले नेपालमा पनि चाँडै राम्रो बजार हिस्सा लिने आशा लिएको छ ।

चौधरी समूहले यसअघि नेटा भी, नेटा एक्स, विद्युतीय होजोन अटोका क्रसओभर भित्राएको छ । सो समूह भारतीय कम्पनी हिरो मोटोकर्पको हिरो ब्राण्डका दुई पांग्रे सवारी साधन र जर्मनीको मर्सिडिज ब्राण्डको समेत लगानी रहेको विद्युतीय कार स्मार्ट ह्यासट्याग १ को पनि आधिकारिक बिक्रेता भएको छ । बंगलादेशका लागि बीवाईडीको आधिकारिक बिक्रेता बनेको चौधरी समूहले नेपालमा पनि उक्त ब्राण्डको आधिकारिक बिक्रेता हुने प्रयास गर्दै आएको छ । कमर्सियल भेहिकलतर्फ केवाईसी ब्राण्डको विद्युतीय गाडी पनि चौधरी समूहले भित्राएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend