खबरब्रेकिंग, काठमाडौँ, माघ २९ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लभांश पारित गराएको छ । इन्स्योरेन्सको सोमबार सम्पन्न सातौं वार्षिक साधारण सभाले १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेको हो ।
बोनस वितरण पश्चात वृद्धि हुने पुँजीलाई प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरिएको इन्स्योरेन्सले जनाएको छ ।
साधारण सभाले पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट डा. भिष्म कार्की र दिवेश लोहनीलाई सञ्चालकमा निर्विरोध चयन समेत गरेको छ ।
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी बोनस वितरण पश्चात ४ अर्व ६४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले नियामकीय व्यवस्था अनुसार ५ अर्ब पुँजी कायम गर्न अझै ३६ करोड रुपैयाँले पुँजी बिस्तार गर्नुपर्ने हुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend