खबरब्रेकिंग, काठमाडौँ, माघ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन । उनले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend