बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बसाहा बचत तथा ऋण सहकारीको १६औं साधारणसभा सम्पन्न

बसाहा बचत तथा ऋण सहकारीको १६औं साधारणसभा सम्पन्न

२७ माघ, काठमाडौं । बसाहा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। आज माघ २७ गते सम्पन्न सभाले अध्यक्ष जय कुमार राईद्वारा प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

आर्थिक वर्ष २०७९/०८० को लेखा सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरणका साथै आ.व. २०८०/०८१ को प्रस्तावित बजेट तथा कार्यक्रम पनि सभा बाट पारित भए।

समीक्षा आर्थिक वर्षमा यस सहकारीको शेयर पुँजी रु. १ करोड ९० लाख ८४ हजार ९ सय रहेको छ। त्यस्तै , निक्षेप मौज्दात रु. २२ करोड ४ लाख ६३ हजार ७ सय र कर्जा लगानी रु. २९ करोड ४९ लाख ६५ हजार ९ सय ८२ रहेको छ। संस्थाले यस वर्ष रु. ५ करोड १ लाख ४८ हजार ६ सय ५६ कुल आम्दानी गरेको जनाएको छ।

कार्यक्रममा अध्यक्ष राईले संस्थागत सुशासनमा पर्याप्त ध्यान दिँदै संस्थाको वित्तीय अवस्था नियमन गर्न पर्ल्स ( PEARLS) प्रणाली अवलम्बन गरेको बताएका छन् । सदस्यहरुको सुविधाको लागि SMS Banking र QR Code जस्ता सूचना प्रविधि , कर्जा लगानीमा अनिवार्य सदस्य बिमा गरिनुका साथै कर्मचारीलाई तालिम, अभिमुखिकरण तथा स्वास्थ्य बिमा गरिएको उनले बताए ।

संस्थाको पुँजी कोष वृद्धि गर्दै जाने र पुँजीको आधारहरु मजबुत बनाउदै लगिने उनले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend