बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सफा मन हो उसकाे घर ।

सफा मन हो उसकाे घर ।

– हरिभक्त सिग्देल ‘ महेश ‘

छैन मन्दिर मस्जिद भगवान यता कतै
छैनन् वुद्ध यता राम चर्च गुम्बा भरी कतै।
ईश्वर मनमा बस्छन् ढोका खोल यता कतै
जम्मै छन् मनमै देव मन छाम जताततै ।।
भेषभाषा सबै स्ताेत्र पाठ पूजा जता गर
बस्दैनन् देव ढुङ्गामा अक्षता जति नै छर।
निष्काम कर्ममा देव मन वचनभित्रमा
शुद्ध भए छ अाफैँमा देवत्व मनचित्रमा।।
न त मिल्छन् यता मूर्ति न मिल्छन् पुगी मन्दिर
तिमी म साथ ऊ अर्को देव छन् मनमन्दिर।
देवदेवीविना खाली छैन यो जग नै कतै
सफा कर्मसँगै शक्ति देवता छन् जताततै।।
सूर्य चन्द्र सबै देव तारा मण्डल यो धरा
पञ्चतत्व सबै सृष्टि देव हो नहुने चिरा।
अष्टवसु उता बाह्र सूर्य रुद्र एघारमा
सारा सृष्टि अझै अर्का अश्वीनिका कुमारमा।।
सबै स्थान सबै नाम सबै ईश्वर कर्मका
भाषाभेष भए धर्म एउटै मात्र ईशका।
सत्यमाथि अडेकाे छ एकमात्र छ ईश्वर
सत्कर्म र सफा भित्री मन ईश्वरको घर।।
– हरिभक्त सिग्देल ‘ महेश ‘

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend