२५ माघ , काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारका रहेका माओवादीका मन्त्रीहरु काम होइन , स्टन्टबाजी गर्न मात्रै माहिर रहेका बताएका छन् । बुधबार (२४ माघ) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्री प्रचण्डलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर तमासा देखाइरहेको आरोप लगाए ।
प्रमुख सचेतक गिरीले भने– ‘ देशका विकासका आयोजनाहरु असफल छन्, यस्ता कुराहरुमा मन्त्रीहरुलाई चिन्ता छैन । उहाँहरुलाई स्टन्टबाजमा रहमाउनु छ । कहिले हाम्रो प्रधानमन्त्री यशु ख्रिष्ट जस्तो हुनुहुन्छ, उहाँ त महान हुनुहुन्छ । मन्त्रीज्यूहरु महिमागानमा व्यस्थ हुनुहुन्छ । कहिले सम्राट अशोक जस्तो हुनुहुन्छ भनेर बसेका छन् । स्वय प्रधानमन्त्री पनि पपुलिष्ट हुन आन्दोलन गर्नुस म जातीय राज्य दिन्छु भनेर सस्तो स्टन्टबाजमा रमाउने अवस्था छ ।’
दलालहरुले नेपाली युवाहरुलाई रसियामा लगेर भर्ना गरिरहेको र त्यसलाई सरकारलाई रोक्न नसकेको उनले बताए । रुसमा झन्डै ६ हजार यूवा सेनामा भर्ना भएका र उनीहरु युद्धभूिमबाट रोइकराई गर्दा सरकारले यसबारे केही चिन्ता नलिएको उल्लेख गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend