सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि ; स्टल बुकिङ खुला  

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि ; स्टल बुकिङ खुला  

२४ माघ, काठमाडौं । चौँथो संस्करणको जलविद्युत तथा नविकरणीय  उर्जा उत्पादनसम्बन्धि जानकारीमुलक प्रदर्शनी  आउँदो वैशाख १२ गतेदेखि गरिने भएको छ। स्वतन्त्र उर्जा उत्पादक संघको आयोजनामा वैशाखमा “हिमालयन हाइड्रो एक्स्पो २०२४”  गरिने भएको हो ।

बुधवार (२४ माघ) ऊर्जा उत्पादकहरुको संस्था इप्पानले पत्रकार सम्मेलन गर्दै जलविद्युतसम्वन्धी मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । तीन दिनसम्म चल्ने यो मेला सक्किएपछि सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ । मेलाको नारा  इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ दिएको छ ।


पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले  सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण हुने  विश्वास व्यक्त गरे।

उनले भारतले १० हजार मेगावाट विद्युत खरीद गर्न प्रतिवद्धता जनाएको र बंगलादेशमा पनि विद्युत निर्यातको प्रक्रिया अघि बढेको कुराले नेपालको जलविद्युत क्षेत्रमा नयाँ आशा र उत्साह पलाएको सन्दर्भमा आयोजना हुन लागेको ‘हाइड्रो एक्स्पो’ले विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न बल पुर्याउने बताए ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रुप दिने गरी निजी क्षेत्रबाट मेला आयोजना गर्न लागिएको भन्दै कार्कीले नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने बताए । अबको १०–११ बर्षसम्ममा नेपालभित्रै १३ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य रहेको भन्दै विशेषगरी विद्युत उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त उर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन, व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने बताए । उनले एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकाय आउने बताए ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोमा दुई सयभन्दा बढी स्टलहरु रहने छन् । तीमध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताको लागि बुधवारदेखि स्टल बुकिङ खुला गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend