२३ माघ , काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएसनले १३औं स्थापना दिवस मनाएको छ। संस्थाका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्वमा बानेश्वरमा आयोजित स्थापना दिवस एवं वार्षिकोत्सब कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्षहरु, पदाधिकारी , सदस्यहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइरालाले संस्थाको वर्तमान कार्यसमितिले सम्पत्ति मूल्यांकनको कार्यलाई व्यवस्थित, गुणस्तरीय , स्वतन्त्र र मर्यादित बनाउनेतर्फ परिणाममुखी काम गरेको बताएका छन् । मुल्यांकनकर्ताको पेशालाई व्यवस्थित र मर्यादित बनाउँदा बैंकिङ व्यवसायदेखि देशको अर्थतन्त्र र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने उनले बताए।
“मुल्यांकनका क्षेत्रमा देखा परेका समस्या र चुनौतीको समाधानका लागि देशभर मुल्यांकन दर र मापदण्ड निकाल्न सफ्टवेयर निर्माणको काम गरिसकेका छौ” , अध्यक्ष कोइरालाले भने, ” भ्यालुयर्स एसोसिएसनका पदाधिकारी र नेपाल बैंकर्स एसोसिएसनबिच सम्पत्ति मुल्यांकनका प्राविधिक र कानुनी दायित्वका विषयमा छलफल भएको छ।” सबै सरोकारका निकायसङ्ग छलफलका केही महिनामा नै कार्यशालाको आयोजना गर्ने जानकारी पनि उनले सो अवसरमा दिएका छन् ।

वार्षिकोत्सब कार्यक्रममा संस्था र पेशागत योगदान गरेवापत वरिष्ठ ईन्जिनियर युवराज बज्राचार्यलाई सम्मान अर्पण गरिएको थियो । त्यस्तै , कार्यक्रममा संस्थाको अर्धवार्षिक प्रकाशन NVA Newsletter को अनावरण गर्नुका साथै नयाँ सदस्यता पनि वितरण गरियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend