काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले उद्यमी व्यवसायीमाथि गरिरहेको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।
‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको जनाएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको बताएको छ ।
बिहीबार निजी क्षेत्रले पनि पत्रकार सम्मेलन गरेर उद्योगीको अफिस नै गएर पक्राउ गर्नु गलत भएको बताएको थियो । चौधरीले बाँसबारी जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend