बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सहिद स्मारक जनस्वास्थ्य सहकारीको १७औं साधारणसभा  सम्पन्न

सहिद स्मारक जनस्वास्थ्य सहकारीको १७औं साधारणसभा  सम्पन्न

२० माघ, काठमाडौं । सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७औं वार्षिक साधारणसभा  सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा  सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

साधारणसभाले समिक्षा आ.व. को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ।

सभामा अध्यक्ष सोमनाथ अधिकारीले अस्पतालले दिने सेवालाई आगामि दिनमा विस्तार र स्तरोन्नति गरिने बताए। अस्पतालमा प्याथोलोजी र मृगौला डाइलासिस सेवाको योजना रहेको उनले बताए । सहिदका  सम्मानित नाममा संचालित यस सहकारीले सहकारी क्षेत्रमा देखिएका केहि विकृति , विसङ्गतीहरु हटाउदै समाज,राष्ट्र र शेयर सदस्यहरुप्रती उत्तरदायी रूपमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए । अहिलेको आर्थिक मन्दी र विद्यमान सहकारी ऐन , नियम स्वास्थ्यसहकारी मैत्री नरहेको   परिस्थितिमा काम गर्न सजिलो  नभए पनि  अप्ठ्यारासङ्ग जुधेर काम गर्न तयार रहेको उनले बताए।

आ. व. २०७९/८० असार मसान्तसम्ममा सहकारीमा  शेयर पूँजी रु.३ करोड २ लाख ६ सय  र सदस्य संख्या ४०३ जना रहेको छ। सामाजिक सेवाभावले स्थापित यस स्वास्थ्य सहकारीले हाल १०० शैयाको आधुनिक र सुविधा सम्पन्न सहिद मेमोरियल अस्पताल ( कलंकी ) र सहिद स्मारक जनस्वास्थ्य कलेज( सिफल)बाट स्वास्थ्यसम्बन्धि विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ। संस्थाले वार्षिक रूपमा देशका विभिन्न ठाँउमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।

कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend