१२ फागुन ,काठमााडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा लिसरा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको सो सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गरेको छ । साथै दुई कम्पनीबीच गाभिएपश्चात् बन्ने जीवन बीमा कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
साथै दुई कम्पनीबीच गाभिएपश्चात् मूल्यांकनकर्ता यू।के। एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सद्वारा तयार गरिएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड तथा सानिमा लाइफ इन्स्योरेन्सको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए)का आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी गाभ्ने।गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, कम्पनीका साविक संचालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भएतापनि गाभ्ने।गाभिने कार्य सम्पन्न भई साविक दुवै कम्पनीबाट प्रतिनिधित्व रहने गरी संचालक समिति गठन भएपश्चात् विद्यमान संचालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ संचालक समितिको कार्यकाल समेत गाभिएपश्चात् बन्ने कम्पनीको वार्षिक।विशेष साधारण सभा नभएसम्म मात्र कायम रहने प्रस्ताव पारित गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend