८ फागुन ,काठमाडौं । नेपाली जैन धर्मावलम्बीहरुले अणुव्रत आन्दोलनको गौरवशाली ७५ वर्ष प्रवेशलाई “अणुव्रत अमृत महोत्सव ” रूपमा मनाउदै छन् । यस अन्तर्गत हुने विविध वार्षिक कार्यक्रमको शुभारम्भको लागि नेपाल जैन परिषद अन्तर्गतको अणुव्रत समितिले फागुन ९ गते मंगलबार प्रभातफेरी शोभायात्रा आयोजना गर्ने भएको छ।

यससम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल अणुव्रत समितिका अध्यक्ष दिनेश नौलखाले ७५ वर्ष अघि आचार्य तुलसीद्वारा प्रारम्भ गरिएको यो परम्पराको मुलमा सदाचार , मानवीय भावना , साम्प्रदायिक सद्भाव र प्राणीमात्रमा अहिंसाभाव रहेको बताए । जैन परम्परामा पालना गरिने अहिंसा , सहिष्णुता , मानवीय एकता , पर्यावरणप्रतिको सचेततालाई अणुव्रतको अभ्यासले जिवन्तता प्रदान गर्ने उनले बताए ।
कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन समेत रहेका डा.जगदीश अग्रवालले अणुव्रतको पालनाले मानिसको स्वास्थ्यका साथै आध्यात्मिक र भौतिक दुबै जगतमा फलदायी हुने बताए ।
मंगलबार हुने शोभायात्रामा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य , सांसद रामहरि खतिवडा ,पूर्व मिसनेपाल उषा खड्गी गायक आनन्द कार्की लगायत सहभागी हुने कार्यक्रममा जानकारी दिइयो । विहान ७:३० बजे भगवान महावीर जैन निकेतनबाट आरम्भ हुने प्रभातफेरी सानो गौचरन, ज्ञानेश्वर मैतिदेवी , दिल्लीबजार चारखाल हुदै जैननिकेतन पुगेर समापन हुनेछ ।
पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानि , नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा , तेरापन्थ सभाका अध्यक्ष महाबिर संचिचि , सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला , जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन , तेरापन्थ महिला मण्डलकि अध्यक्ष अमिता नाहाटा , लगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उनिहरुलेअणुव्रतको बारे आआफ्ना धारणा व्यक्त गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend