बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षामन्त्री पौडेलले गरे यस्तो घोषणा

शिक्षामन्त्री पौडेलले गरे यस्तो घोषणा

 

कास्की २६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने घोषणा गरेका छन । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै उनले यस्तो घोषणा गरेका हुन ।

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा जोड्नुपर्छ’, मन्त्री पौडेल भन्छन् – ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढाइसकेको छ ।’ अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन पनि आवश्यक बजेटका लागि पहल गर्ने उनको भनाइ छ ।

‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, मन्त्री पौडेलले भन,े – ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’ तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै उनले यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै मन्त्री पौडेल भन्छन् – ‘४ देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुन्छ ।’ ‘पढ्दै कमाउँदै’ कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसमा समावेश गर्न लागिएको उनको कथन छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend