बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

स्थगित लोक सेवाका परीक्षा सञ्चालन हुने मिती नै तोकियो

स्थगित लोक सेवाका परीक्षा सञ्चालन हुने मिती नै तोकियो

 

 

काठमाडौँ २० माघ । कोभिड १९ को संक्रमणका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगको बुधबार बसेको बैठकले यसअघि महामारीको कारण स्थगित भएका परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

संक्रमण तीव्र गतिमा फैलिएका कारण यसअघि ६ माघमा आयोगले परीक्षा तालिका निर्धारण भइसकेका विभिन्न तहका परीक्षाहरू स्थगित गरेको थियो ।

आयोगले अब पूर्वनिर्धारित ती परीक्षाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्ने भएको हो ।

आयोगले उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न परीक्षाको कार्यतालिकोसमेत प्रकाशित गरेको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend