काठमाडौं १३, माघ । उत्तर कोरियाले नयाँ विदेशमन्त्री नियुक्त गरेसँगै आफ्नो सातौँ परमाणु परिक्षणको तयारी तीब्र पारेको छ । हालसालैको अमेरिकी उपग्रह इमेजरीले एउटा महत्वपूर्ण उत्तर कोरियाली मिसाइल साइटमा सवारी साधनको तीब्र गतिविधि बढेको बताएको छ ।
जुन सम्भवतः एक मिसाइल वा मिसाइल ईन्जिन परीक्षणको लागि प्रारम्भिक तयारीको संकेत भएको बताइएको छ । हालसालै प्योंगयांग नजिकैको सुङमोण्डोङ मिसाइल अनुसन्धान केन्द्रमा गाडीहरू देखिएका छन् । सो क्षेत्रका गतिविधिहरू पहिलेका मिसाइल परीक्षणहरूसँग मेल खाने किसिमका छन् एक अमेरिकी अधिकारीले भने।
अमेरिकी इन्टेलिजन्स विश्लेषकहरू परीक्षणको नजिकै आउन सक्ने अवस्थामा तयार नभएको तर उत्तर कोरियाले लामो दूरीको मिसाइल प्रक्षेपण गर्नु अघि देखिने इन्धनलगायत थुप्रै कदम अगाडि बढाएको हुन सक्ने बताईएको छ ।
यो अघि सन् २०१७ मा पनि हवासाङ १५ परिक्षण गर्दा पनि सो क्षेत्रमा यस्तै गतिविधि रहेको अमेरिकाको दाबी छ । सानमडोंग क्षेत्रमा उत्तर कोरियाले अमेरिकी गुप्तचरहरुलाई भ्रममा पार्न सवारीसाधन गतिविधि हालका महिनाहरूमा अस्थायी रूपमा राखेको अमेरिकाकाले बताएको छ ।
असामान्य ट्राफिकको व्याख्या गर्न गाह्रो छ। यदि यो कारखानाको नेतृत्व यात्रा हो भने त्यो आईसीबीएम वा अन्तरिक्ष प्रक्षेपणको शुरुवात चरण वा निर्माण सम्पन्न भएको छ भन्ने देखाउँछ, इन्स्टिच्युटको पूर्वी एसिया ना‘नप्रोलिफरेसन परियोजनाका निर्देशक जेफ्री लुइसले भने। सो साइटमा एक ठूलो नीलो शिपिंग कन्टेनर रहेको सो इन्सिटिउटले जनाएको छ ।
कन्टेनरको सामग्रीहरू बारे अमेरिकाले जानकारी पाउन नसकेको जनाएको छ । सो साइटमा पहिलो पटक ९ जनावरीमा कण्टेनर देखा परेको र पटक पटक त्यहाँबाट सारिएको थियो । जनावरी र १० मा खिचेको तस्वीर हरूमा कण्टेनर देखिएको भएपनि ४ दिन पछि साईटबाट हटाएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend