काठमाडौं १३, माघ । शैक्षिक क्षेत्रमा आफुलाई बेग्लै पहिचानको रुपमा चिनाउन सफल स्कुलको नाम हो काठमाडौंको शङ्खमूलमा अवस्थित अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ।
शैक्षिक गुणस्तर संगै सामाजिक क्षेत्रको काममा पनि त्यतिकै मात्रमा सक्रिय हँुदै आएको छ । केही समयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको (एआईए) फेरी अहिले सामाजिक कामबाट चर्चामा छ ।

काठमाडौंस्थित सङ्खमूलमा रहेको एआइए स्कुल पुग्दा विद्यार्थी, अभिभावक तथा शिक्षकहरू सबै रमाइरहेका थिए ।
विद्यार्थी, अभिभावक तथा शिक्षकहरू एकै कार्यक्रममा कमै रमाएका हुन्छन । किनकि हरेकलाई आफ्नै प्रेसर हुन्छ, तर त्यहाँ कसैलाई केहि प्रेसर थिएन ।
आफ्नै छोराछोरीले पकाएर बेच्न राखेको विभिन्न खानेकुराहरू अभिभावकहरूले किनिरहेको दृश्य झनै मनमोहक थियो ।

विभिन्न किसिमका प्रदर्शनी गरिएका दर्जनबढी स्टलमा केहि विद्यार्थीले आफ्ना कला र सीपको पर्दर्शनी गरिरहेका थिए भने कहिले आविस्कार गरेका बस्तुहरू प्रदर्शन गरिरहेका थिए ।
शिक्षकहरू भने बिद्यार्थी र अभिभावकको सहभागितामा आफै दङ्ग पर्दै थिए । धुर्मुस(सुन्तली फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको मेलामा विद्यार्थीहरूलाई विभिन्न सृजनात्मक कामहरूमा लगाइएको थियो ।

साना साना भाईबैनीहरूले वातावरण परिवर्तन र पानीको सुद्दताको बारेमा निकै मिठोसँग अभिभावकलाई बुझाएको देख्दा हामी दङ्ग थियौँ ।
खासमा सबैका अभिभावकले आफ्ना बच्चाहरूको यस्तै सृजनात्मक काम हेर्न चाहन्छन भन्दै हामी गफिंदै थियौँ, यत्तिकैमा हाम्राबीच विद्यालयका प्रिन्सिपल बिमल घिमिरे टुप्लुक्क आइपुगे । “कार्यक्रम कस्तो” लाग्यो हामीलाई उनले सोधे। जवाफमा हामीले भन्यौं, “यस्ता कार्यक्रम हरेक स्कुलले गर्नुपर्छ ।”

मेलामा भित्रका सबै कार्यक्रमबाट सङ्कलन भएको रकम निर्माणाधीन रङ्गशालाको लागि धुर्मुस(सुन्तली फाउन्डेसनलाई सहयोग गर्न लागिएको पनि बिमल घिमिरेले बताउनुभयो ।
यस स्कुलका विद्यार्थी र शिक्षकहरुले केही समय अघि ह्रस्व दीर्घका नियम सिकाउने गीत र देश चिनाउने देउसी गीत समेत सार्वजनिक गरिसकेका छन् ।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend