काठमाडौं ६, माघ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने लक्ष्य सहित नेपालको पर्यटन प्रवर्द्धनका काम गर्ने उदेश्य सहित ‘यात्रा नेपाल’ नामक संस्थाको शुभारम्भ भएको छ ।
नेपालको सम्पत्ति प्रकृति र संस्कृति भन्ने मूल नाराका साथ विश्वभरी नेपालको प्रर्वदन गर्ने नेपालको बहुधर्म, बहुसंस्कृति एवं बहुजातीय विशेषतासहित नेपालको मनोरम प्रकृतिकलाई विश्व बजारमा चिनाउने उद्देश्यका साथ ‘यात्रा नेपाल’ नामक सामाजिक संस्था स्थापना गरिएको संस्था अध्यक्ष गोपाल आचार्यले बताए ।

सञ्चार क्षेत्रमा क्रियासिल जुझारु युवाहरुले यो संस्था स्थापना गरेका हुन् । भ्रमण बर्ष २०२० जनबरी २० का दिन संस्था सोमबार जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएको छ । संस्था दर्ताको प्रमाण पत्र हस्तान्त्रण गदै जिल्ला प्रसासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संस्थाले नेपालको पर्यटन प्रबद्र्धन र नेपालको कला संस्कृतिलाई बिश्वमा चिनाउन सफल रहोस भन्ने शुभकामना दिए ।

संस्थाको अध्यक्षमा लामो समय देखि संञ्चार क्षेत्रमा क्रियाशिल गोपाल आर्याच, उपाध्यक्षमा याम बहादुर जिसी, महासचिवमा विष्णु निश्चल, कोषाध्यक्षमा सुरेश प्रसाद खनाल रहेका छन् । त्यस्तै सदस्यहरुमा उर्मिला ढकाल, मैयाँ अधिकारी, आशा गुप्ता, दिपक खड्का तथा शान्तिदीप रेग्मी रहेका छन् ।
व्यापक पर्यटक प्रवद्र्धनको उद्देश्यका साथ स्थापित यस संस्थाले यस अधि भ्रमण बर्षको पहिलो दिन त्रिभुवन बिमानस्थलमा गएर पहिलो बिमानबाट नेपाल आउने पर्यटकलाई स्वागत गरेको थियो भने सोही दिन नेपाल सरकारले दशरथ रङशालामा आयोजित कार्यक्रमा सहभागिता समेत जनाएको थियो । यात्रा नेपालको स्थापनासँगै नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा योगदान पुग्ने बिश्वास गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend