काठमाडौं २९, पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको हित विपरित रहेको दोहोराएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका रावलले आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा रहेको बताउँदै यस विषयमा दुवै देशले स्पष्ट पार्नुपर्ने बताए ।
राजधानीमा भएको एक कार्यक्रममा रावलले भने, मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई पनि ध्यान राख्नु बताए । उनले धेरै पैसा पाइन्छ भनेर देश वेच्न नहुने बताए ।
यस्तै नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानमा प्रश्न उठाउँदा कतिपयले अल्पज्ञानी भएको भनेर आरोप लगाएको नेता रावलले गुनासो गरे ।
उनले ‘यस्तो भन्नेहरुलाई म भन्न चाहन्छु यो सम्झौताको मस्यौदा सुरुदेखि अन्त्यसम्म सबैभन्दा बढी पढ्ने व्यक्ति मै हुँ ।
पढ्दै नपढी जथाभावी बोल्नु हुँदैन, नेपाली जनतालाई झुक्याउँने काम कसैले गर्नुहुँदैन् ।
अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे.रेन्जले सन् २०१९ को मे १४ मा र सन् २०१९ को फेब्रअरी १० मा एलिस वेल्सले एमसीसी, एसिया प्यासिफिक रणनीतिकै अंग हो भनेर सार्वजनिक रुपमै बोलेका भन्दै उनले यसबारे सरकारले अमेरिकी सरकारसँग जवाफ माग्नुपर्ने माग गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend