सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कल्याणकारी बहुउद्देश्यीयबाट सहकारी अभियन्ता दिलिप शर्मा सम्मानित

कल्याणकारी बहुउद्देश्यीयबाट सहकारी अभियन्ता दिलिप शर्मा सम्मानित

काभे २९, पुस । काभ्रेकै दुर्गम स्थान मध्ये एक मानिने स्थान माझिफेदा चौरी देउरालीगाउँपालिका ३, मा स्थापित श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले १२ औ बर्षिक साधारणसभा भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री चित्रप्रसाद चौलागाईको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा शेयस सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । पालिकास्तरमै उत्कृष्ट सहकारी संस्थाको रुपमा चिनाउन सफल भएको उक्त संस्थामा १४०० शेयर सदस्यहरु रहेका छन् ।

७ करोड भन्दा बढीको कारोबार गर्दै आएको उक्त सहकारी संस्थाले सञ्चालन गरेको साधारणसभाको प्रमुख आतिथ्यता चौरी देउराली गाउँपालिकाका उपाध्यक्ष ताराकुमारी चौलागाँईले गर्नुभएको थियो ।

पानसमा दीप प्रज्यलन गर्दै उद्घाटन भएको उक्त साधारण सभामा बिशिष्ट अतिथीको रुपमा जिल्ला सहकारी संघ लि.का सचिव श्री दिलिप शर्माज्यूको रहेको थियो ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष विनोद घिसिङ, वडा सदस्यज्यूहरु स्थानीय सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, वडाका विद्यालय, स्वास्थ्य चौकी आदीबाट समेत बाक्लो सहभागिता रहेको थियो ।
स्थानीय विद्यालयहरुबाट विभिन्न साँस्कृतिक कार्यक्रम तथा झाँकीहरुको समेत प्रस्तुती भएको उक्त सभामा विभिन्न कलाकारहरुको सहकारी सम्वन्धि गतिविधिहरु समेत प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौलागाइले गाउँपालिकामा नै उत्कृष्ट सहकारी संस्था नै यहि मात्र रहेकाले आउने दिनहरुमा बाँकी रहेका अन्य सहकारी संस्थालाई पनि यसैमा मिलाएर कामहरु गर्नका लागि अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, एस ई ई सम्मान, समाजसेवी, पूर्व अध्यक्ष, कर्मचारी आदिहरुलाई सम्मान गरेको थियो । ८०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त साधारण सभामा बिशिष्ट अतिथीका रुपमा रहनु भएका जिल्ला सहकारी संघ लि. का सचिव श्री दिलिपशर्मालाई सहकारी अभियन्ताको रुपमा सम्मान गरिएको थियो ।

जिल्लामा सहकारी सम्वन्धि लेख, रचना तथा सहकारीको सारथी नामक पुस्तक समेत प्रकाशन गरी अभियानलाई पुर्याउनुभएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

बिशिष्ट अतिथी शर्माले कार्यक्रममा कल्याणकारी सहकारी संस्थाको कार्यको प्रशंसा गर्दै शेयर सदस्यहरुको समृद्धिका लागि सहकारीले वास्तविक किसानका समस्या तथा शेयर सदस्यहरुको दैनिकि तथा आम्दानीमा बृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बिचार राख्नु भएको थियो । अव सहकारीले आफ्नो भूमिकामा परिवर्तन गर्नुपर्दछ ।

प्रष्ट रुपमा शेयर सदस्यहरुलाइ सेवाप्रदान गर्ने हिसावले कार्य गर्न सकेमा सदस्यहरुका माझमा संस्था सधै रहि रहने हुँदा यस्ता कार्य तर्फ लाग्न सुझाव दिनु भएको थियो ।

संस्थाका सचिव श्री मोहनप्रसाद ढुंगेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्षज्यूले संस्थाको प्रगती, भावी योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्दै संस्थाले आगामी दिनहरुमा गरिने योजनाहरु सविस्तार गर्नुभएको थियो ।

कोषाध्यक्ष मानबहादुर तामाङज्यूले संस्थाको आर्थिक गतिविधि, लेखा सुपरिवेक्षण समिति सदस्य बल बहादुर गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका सह सचिव नारायण प्रसाद चौलागाँइले गर्नुभएको थियो । ग्रामीणस्तरमा भएको यस्तो कार्यक्रमहरुले सहकारी प्रतिको सर्वसाधारणको आस्था र भरोसा सधै रहेको आभाष पाईन्छ ।

सहभागिता, उपस्थिती र चासोका हिसावले हेर्दा सिंगो चौरीदेउराली गाउँपालिकामा उष्कृष्ट रुपमा कार्यहरु गर्दै आएको यो संस्था नमूनाको रुपमा रहेको पुष्टि हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend