बुधबार, कार्तिक १२ २०८३

बुधबार, कार्तिक १२ २०८३

बिवादित सूचना प्रविधि विधेयकविरुद्ध पत्रकार महासंघ अदालत जाने

बिवादित सूचना प्रविधि विधेयकविरुद्ध पत्रकार महासंघ अदालत जाने

काठमाडौं २८, पुष । बिवादित बनेको सूचना प्रविधि विधेयक बारेमा बिरोध भईरहेको छ । यो विधेयकको बारेमा बिभिन्न संघ संगठन मिडियाहरुले बिरोध गरिरहेका छन् । तर सरकार भने पेलेरै अगाडी जाने रणनिती बनाएको छ । यसै बिच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धि व्यवस्थाहरुलाई कटौती गरेको बताए । अध्यक्ष आचार्यले यसको विरुद्ध अदालत जाने चेतावनी दिएका हुन् ।

सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भएपनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति जनाए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताए ।

हिजो गिरीजाप्रसाद कोइरालाको पालामा समेत नियन्त्रण नै गर्न खोजिएको र आज केपी ओलीको पालामा पनि सोही नियती दोहोरिएको उनको भनाई छ । राज्य सत्ताहरु जहिलेपनि नियन्त्रणमुखि नै हुने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend