सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विश्वकर्मा सुनचाँदी व्यवसायी संजालको भेला यही पुस २९ गते सिन्धुलीमा हुने

विश्वकर्मा सुनचाँदी व्यवसायी संजालको भेला यही पुस २९ गते सिन्धुलीमा हुने

काठमाडौं २७, पुस । विश्वकर्मा सुनचाँदी व्यवसायी संजालले सिन्धुलीमा जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । व्यवसायी संजालले यही पुस २९ गते कमलामाई पाटी प्यालेसमा कार्यक्रम आयोजना गर्न लागेको संजालका रमेश रसाईलीले जानकारी दिए ।

भेलाले व्यवसायी बिच अन्तरक्रिया कार्यक्रम गर्नुका साथै जिल्ला संजाल गठन पनि गर्ने छ । कार्यक्रममा सयौ विश्वकर्मा सुनचाँदी व्यवसायीहरुको सहभागीता रहने आयोजकको भनाई छ । भेलामा विश्वकर्मा सुनचाँदी व्यवसायी संजालका केन्द्रीय संयोजक अर्जुन रसाईली लगायत बिभिन्न बिशिष्ठ अतिथिहरुको सहभागीता रहने बताईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend