सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्तत प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा

अन्तत प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा

काठमाडौं २७ पुष । लामो समयमा देखि अन्यौलमा रहेको प्रदेश ३ को स्थायी राजधानी अन्तत हेटौंडा घोषणा भएको छ । प्रदेशसभामा आइतबार सुरु भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ ।

दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेका छन् ।प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल राजधानी कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ ।

यस अगाडि नेकपाभित्रको असहमतिका कारण दुई वर्षदेखि प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेको थिएन। प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र मत छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend