सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिश्व प्रसिद्व महान रुमीका यस्ता छन १४ उत्कृष्ट भनाइहरु

बिश्व प्रसिद्व महान रुमीका यस्ता छन १४ उत्कृष्ट भनाइहरु

१. कहिल्यै आफुलाई सानो नठान, आनन्दको गतिमा तिमि पनि एउटा ब्रम्हाण्ड हौ ।

२. तिमीले जे खोजिरहेका छौ त्यसले पनि तिमीलाई खोजिरहेको छ ।

३. चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुन आर्को रुपमा तिमिसामु घुमेर आइपुग्नेछ ।

४. हिजो म बाठो थिए यसैले संसार बदल्न चाहन्थे तर आज म समझदार भएको छु यसैले म आफुलाई बदलिरहेछु ।

५. तिमि जन्मदै पखेटा लिएर उड्न आएका हौ ! तव किन जिन्दगी भर घिस्रिएर रुचाउछौ ?

६. जति पनि राम्रा, सुन्दर, आकर्षक बनेका छन् ति हेर्नेका नजरमा बनेका छन् ।

७. आफ्नो तर्कलाई बढाउ स्वरलाई होइन । यो ख्याल राख कि वर्षाले फुललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।

८. गुडबाई भन्ने तिनीहरुको लागि मात्र हो जसले आँखाद्वारा प्रेम गर्दछन तर तिनीहरु जो आत्मा र हृदय देखि प्रेम गर्दछन उनीहरुको निम्ति बिछोड भन्ने नै हुदैन ।

९. हो मलाइ थाहा छ तिमि थकित छौ तर पनि आउ अघि बढ किनकि यहि नै तिम्रो बाटो हो ।

१०. तिमि जहाँ हुन्छौ जे गर्छौ प्रेममा हुने गर ।

११. प्रेमको अघि कारणको कुनै शक्ति हुदैन ।

१२. तबसम्म आफ्नो मनलाई छिया छिया बनाइरह जबसम्म यो खुल्दैन ।

१३. पिडा जुन तिमीले भोगेका छौ यी संदेशवाहक हुन्, यीनलाई सुन्ने कोसिस गर्नु ।

१४. तिम्रो हृदय सागर जत्तिकै गहिरो छ । जाउ आफुलाई त्यो गहिराइमा खोज्ने प्रयाश गर ।

यो भनाई सक्सेस पोष्ट डटकम डट एन पी  बाट साभार गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend