काठमाडौँ २५, पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सीमाले नरोक्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले नेपाल एक बहु भाषी बहु सांस्कृतिक र बहु जतिय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठूलो र सम्पन्न देश भएको उनले बताए ।
उनले हिन्दी भाषा र नेपाली भाषा दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताए ।परस्पर रुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सिमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सिमालाई पनि पार गरेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend