काठमार्डौै,२४ पुस । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सरकारले सार्वजनिक गरेको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरका १४ वटा निर्णय आज सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरे ।
२१ गतेको मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ ।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend