भक्तपुर २३, पुस । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन पत्रकारिता अव धेरै नचल्ने भन्दै पत्रकारिता व्यावसायिक हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दाबी गरे ।
बुधबार भक्तपुरमा आयोजित समारोहमा बोल्दै मन्त्री बाँस्कोटाले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता हनन् हुने खतरा आए आफैँ राजीनामा दिएर आन्दोलनमा होमिने धारणा राखे । पत्रकारको हक हितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि उनले स्पष्ट पारे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend