एजेन्सी
काठमाडौं २३, पुस । इरानमा भएको जहाज दुर्घटनामा सवार सवैजनाको ज्यान गएको अनुमान गरिएको छ । बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्य मारिएको आशंका गरिएको अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन् ।
१७० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ — ८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको जनाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend